स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २०७७/०७८ प्रथम त्रैमासिक प्रतिवेदन प्रकासित, प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ६७ पैसा

स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBSL)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २२ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५८.९९ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५५ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा खुद नाफा घटेको देखिएको हो। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ४६ लाख ६७ हजार रुपैयाँ खराब कर्जा उठाएको यस लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ७ लाख ४६ हजार रुपैयाँ मात्र खराब कर्जा उठाएको छ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५७ हजार रुपैयाँ बढेर १ करोड ४३ लाख १४ हजार रुपैयाँ पुगेको छ। लघुवित्तको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा ११ लाख ८४ हजार रुपैयाँ घटेर २८ लाख २ हजार रुपैयाँमा सीमित भएको छ। लघुवित्तको अन्य सञ्चालन खर्च बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्थामा बढी रकम छुट्याएका कारण सञ्चालन मुनाफा घट्न पुगेको हो। सो अवधिसम्ममा लघुवित्तले यस्तो व्यवस्थाबापत ४८ लाख ५७ हजार रुपैयाँ छुट्याएको छ।

९ करोड ३७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ५ करोड ५९ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख रुपैयाँ र जगेडा कोषमा २ करोड १३ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा लघुवित्तको निक्षेप १९ करोड २६ लाख रुपैयाँबाट बढेर २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, लघुवित्तको कर्जा ९५ करोड ५६ लाख रुपैयाँबाट बढेर १ अर्ब ११ करोड ७८ लाख रुपैयाँ पुगेको छ। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा २.५२ प्रतिशतविन्दु बढेर ३.१४ प्रतिशत पुगेको छ।

असोज मसान्तसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६३ पैसा कायम भएको छ। त्यसैगरी, लघुवित्तको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ६७ पैसा र मूल्य आम्दानी अनुपात १००.१३ गुणा कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *