पाँच वर्ष भित्र नेपालको उत्कृष्ट वित्तीय संस्था वनाउने लक्ष्य सहित ४८ जिल्लामा ७२ शाखा कार्यालय मार्फत कार्यक्रम सञ्चालन गर्दै, ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लि .

किरण कुँवर, प्रमुख कार्यकारी अधिकृत 

ग्लोबल आइएमई लघु वित्त संस्था

मिडिया संग भएको भलाकुसरी –

 हिजो आज के कस्ता कामहरूमा व्यस्त हुनुहुन्छ ? साथै संस्थाको आ.व. २०७६।७७ को वित्तीय लक्ष्य के कति प्राप्ती भयो र वित्तीय अवस्थाहरुको सूचकहरू वारेमा संक्षेपमा वताइदिनु होस न ?

कुँवर– ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था वेसीशहरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको वित्तीय संस्था हो । आर्थिक वर्ष २०७७÷७८ भित्रमा थप ३ वटा जिल्ला सहित कम्तिमा १० शाखा कार्यालय विस्तार गर्ने योजना छ । सो योजना पुरा गर्न चरणवद्ध रुपमा शाखा विस्तार गर्ने अभियानमा छौं । यहि महिनामा पहुँच नपुगेका दोलखा, स्याङजा, रुपन्देही र वाँके जिल्लामा थप ४ वटा शाखाहरू सञ्चालनमा ल्याइएको छ । शाखा सञ्जालहरू ४८ जिल्लाहरूमा गरि ७२ वटा शाखा पुगेका छन भने थप ६ शाखाको संभाव्यता अध्ययनमा लागि रहेको छु ।

संस्थाको वित्तीय अवस्था सन्तोषजनक नै छ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक योजना वमोजिम दोश्रो त्रैमासिक अन्र्तगत पौष महिनासम्मको लक्ष्य वमोजिम नै उपलव्धी हासिल भएको अवस्था थियो तर गत चैत ११ गतेदेखि देशमा जारी लकडाउनबाट वित्तीय कारोवार पूर्णरुपमा प्रवाहित भएको कारण ०७७ असार मसान्तसम्मको वित्तीय अवस्था सोचे जस्तो हुन सकेन । लघुवित्त संस्थाको ९० प्रतिशत कार्यहरू फिल्डमा हुने र लकडाउनबाट सो संभव हुन सकेन । सबै शाखाका कार्यक्रम ०७७ असार मसान्तसम्म आँशिक रुपमा सञ्चालन भएका थिए । 

आजसम्म आई पुग्दा संस्थाले ९३ हजार ८४७ सदस्यसंग १ अरव ४४ करोड ५० लाख वचत संकलन गरेको छ भने । ४८ जना ५९९ जना उद्यमी सदस्यलाई ४ अरव ८२ लाख कर्जा सापटी प्रदान गरेको छ । २०७७ असार मसान्तसम्म ४६ जिल्लाहरुमा कार्यक्रम विस्तार गरि ६८ वटा शाखा कार्यालय मार्फत लघु बैकि· कार्यक्रम सञ्चालन गरेकोमा हाल थप २ जिल्लाहरू सहित ४८ जिल्लामा ४ वटा शाखा विस्तार गरि ७२ शाखा कार्यालय मार्फत कार्यक्रमहरू सञ्चालन भैरहेको छ । 

विशेष परिस्थितिको बावजुद पनि संस्थाले ९२२७७ जना सदस्यहरूबाट एक अर्व ३१ करोड ७३ लाख ६८ हजार ३८० रुपैया वचत संकलन गरी ४८ हजार ८ सय उद्यमीलाई ३ अर्ब ६२ करोड ४१ लख १५ हजार कर्जा लगानीमा रहेको र खुद मुनाफा सात करोड ७९ लाख ३८ हजार ३ सय ८० रुपैया खुद मुनाफा कमाएको थियो । साथै, प्रति शेयर आम्दानी ३०।०३ र प्रति शेयर नेटवर्थ १५५.५४ रहेको सुचक जानकारी गराउँदछु ।

 यो ग्लोबल आइएमई लघु वित्त संस्थाको ऐतिहासिक पृष्ठभूमि, वर्तमानसम्म आउँदाको अवस्था र भविष्य बारे प्रकाश पारिदिनु हुन्छ कि ? 

कुँवर– ऐतिहासिक पृष्ठमूमि ः ग्रामीण समाजमा रहेका विपन्न तथा न्यून आय स्रोत भएका वर्गलाई आत्मनिर्भर, स्वावलम्वी र चेतनशील बनाउँदै उनीहरूको आर्थिक, सामाजिक, साँस्कृतिक जस्ता मानवीय विकासका लक्ष्यहरू राखेर सदस्यको जीवनस्तर बढाउँदै देशमा विद्यमान गरिवीलाई न्यूनिकरण गर्ने र देशको अर्थतन्त्रलाई सवल बनाउन सहयोग पु¥याउन ग्रामीण समुदायमा न्यून आय भएका विपन्न वर्गको आयस्तर वृद्धि गरी उनीहरुलाई आत्मनिर्भर गराई गरिवी न्यूनीकरण गरी देशको अर्थतन्त्रलाई सवल तथा सुदृढ बनाउन सहयोग पु¥याउने परिकल्पनाका साथ यस ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.(साविकको  रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लि.) कम्पनी ऐन २०६३ अन्तर्गत २०६९/११/२४ गते स्थापित र नेपाल राष्ट्र बैंकबाट २०७०/०२/०१ गते १० जिल्ला कार्यक्षेत्र भएको ‘‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा इजाजत पत्र प्राप्त गरी २०७०/०२/०५ गते लमजुङको बेसीशहरमा केन्द्रीय कार्यालय स्थापना गरी वित्तीय कारोबार शुभारम्भ गरिएको थियो र लमजुङमा तत्कालीन समयमा स्थापित दोश्रो वित्तीय संस्था थियो । संस्थाको कार्यक्षत्र विस्तार हुदै क्रमश १० जिल्लावाट १५ जिल्ला र ४५ जिल्ला हुदै २०७५ फाल्गुणवाट नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तर कार्यक्षेत्र भएको वित्तीय संस्थाको मान्यता प्रदान गरेको हो । वित्तीय पहुँच नपुगेका सर्वसाधारणहरूलाई लघुवित्तीय  कार्यक्रमका माध्यमबाट स्वरोजगारीका अवसरहरू सिजर्ना गरी आयस्तरमा वृद्धि गर्नको लागि यस वित्तीय संस्थाले बिना धितो सामुहिक जमानीमा तथा धितो जमानीमा ने.रा.बैंकको निर्देशन वमोजिम कर्जा सेवा उपलब्ध गराई सीप एवम प्राविधिक सेवा मार्फत आयमुलक कार्यमा जोड दिदै आएका छौं । 

वर्तमान अवस्था ः आजसम्म आई पुग्दा संस्थाले ९३ हजार ८४७ सदस्यसंग १ अरव ४४ करोड ५० लाख वचत संकलन गरेको छ भने । ४८ जना ५९९ जना उद्यमी सदस्यलाई ४ अरव ८२ लाख कर्जा सापटी प्रदान गरेको छ । २०७७ असार मसान्तसम्म ४६ जिल्लाहरुमा कार्यक्रम विस्तार गरि ६८ वटा शाखा कार्यालय मार्फत लघु बैकि· कार्यक्रम सञ्चालन गरेकोमा हाल थप २ जिल्लाहरू सहित ४८ जिल्लामा ४ वटा शाखा विस्तार गरि ७२ शाखा कार्यालय मार्फत कार्यक्रमहरू सञ्चालन भैरहेको छ । 

भविश्यको लक्ष्य : यस वित्तीय संस्थाले शाखा सञ्जालहरू विस्तार गरि ७७ जिल्लामा वित्तीय पहूँच पु¥याउने, विद्यमान उच्च प्रविधिको उपयोग गदै डिजिटल प्रणाली मार्फत ग्राहक सदस्यलाई थप सरल र सहज वित्तीय सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ । संस्थाको व्यवसाय सञ्जालको पहूँच वृद्धि गर्न तथा संस्थाको आकार वृद्धि गर्ने ध्येयवाट अन्य प्रदेशस्तरका वित्तीय संस्थालाई प्राप्ती गदै ५ वर्ष भित्र नेपालको उत्कृष्ट वित्तीय संस्था वनाउने लक्ष्य लिइएका छौं ।  

 अहिले विश्व लगायत नेपालमा कोरोना भाइरस (कोभिड १९) को महामारी वाट अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परेको अवस्था छ । लघुवित्तका कार्यक्षेत्रमा यसको कस्तो असर परेको महशुस गर्नु भएको छ ? 

कुँवर– कोरोना भाइरस (कोभिड– १९) को महामारीबाट समग्र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परेको कारण स्वभाविक रुपमा लघुवित्तका कार्यक्रमहरू पूर्ण रुपमा प्रभावित भएका छन । लघुवित्तका ९० प्रतिशत कार्यहरू फिल्डमा नै सम्पन्न हुने गर्छन । लघुवित्त कार्यक्रम समूह केन्द्रित कार्यक्रम हो । कम्तीमा ५ जना महिला मिलेर १ वटा समूह गठन गरिन्छ र कम्तीमा २ समूह वा १० जना सदस्य र अधिकतम ६ समूह अर्थात ३० जना महिला रहेको १ केन्द्र निर्माण हुन्छ । उक्त केन्द्रमा हरेक महिना वैठक सञ्चालन गरिन्छ र वैठकमा वचत संकलन गर्ने तथा उद्यम, व्यवसाय तथा पेशा गर्न चाहने उद्यमी सदस्यले कर्जा माग गर्ने तथा केन्द्रले कर्जा सिफारिस गर्ने तथा कर्जा विश्लेषण गर्ने तथा ३० हजारसम्म केन्द्रमा नै लगानी गर्ने आदि सबै काम केन्द्रमा नै गरिने भएकाले ०७६ चैत्रबाट जारी लकडाउनवाट केन्द्र वैठकहरू पूर्ण रुपमा प्रभावित भए जसको फलस्वरुप किस्ता संकलन नभै किस्ता खप्टीन गएका छन । सदस्यहरूले खप्टीएका किस्ताहरू एकै पटक तिर्न सक्ने अवस्था छैन । किस्ता नियमित नआउँदा नियमन निकायको नियम अनुसार प्रोभिजन गर्नु परेको छ र मुनाफा क्षमतामा ह्रासको अवस्था आउने जस्ता असर देखिएको र सो को प्रभाव प्रथम त्रैमासमा टड्कारो रुपमा देखिन सक्छ । 

 लकडाउनले समग्र अर्थतन्त्रलाई प्रभावित गरेको छ त्यसको प्रभावले ग्राहक सदस्यहरूलाई के कति असर पारेको देख्नुभयो र संस्थाका तर्फबाट के कस्ता सहयोग गर्नु भयो ?

कुँवर– कोरोना भाइरस (कोभिड– १९) को महामारीबाट समग्र अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव परेको यथार्थ हो । ०७६ चैत्र ११ गते देखि ०७७ असार मसान्तसम्म जारी लकडाउनले जनताहरूमा भोकमरी को सिर्जना भयो । रोगले भन्दा भोकले मानिसहरू आतंकीत भए । सवै व्यवसायहरू बन्द हुँदा बंैकमा वचत हुनेले पनि वचत खर्च गर्ने वातावरण थिएन भने दैनिक मजदुरी गरि खानेको अवस्था दयनीय बन्दै गएको थियो । भोकले खप्न नसकी पेटमा नाम्लो वाधेको अवस्था समेत देखियो । मानवीयता भएका व्यक्तित्व तथा संघसंस्थाहरूले ठूलो सहयोग गरेका थिए । हामीले सबै शाखा मार्फत नियमित रुपमा सम्पर्क गरी कोरोनावाट वच्नका लागि परामर्शहरू दिने कार्य ग¥यौं । व्यवसाय पेशा प्रभावित भएका सदस्यलाई उनीहरूको मर्का बुझेर किस्ता सके तिर्नु नसके सकेको दिन दिनु भनि सुझाव दियौ । कोरोना रोगको प्रभाव भन्दा सदस्यहरूमा डर र त्रास बढी थियो । त्यसलाई संयम रहन र आत्तिन नहुने र लागेमा पनि उपचारबाट ठीक हुने आत्मवल वढायौं । १५वटा शाखामार्फत मास्क, स्यानीटाइजर, ग्लोवहरू र औषधी सामग्रीहरू  वितरण ग¥यौं । सरकारद्वारा गठन गरिएको कोरोना नियन्त्रण कोषमा ५ लाख रुपैयाँ हस्तान्तरण ग¥यौं । 

 कोरोनाका कारण प्रभावित अवस्था कहिलेसम्म रहला र त्यसले संस्थालाई के कस्तो असर पार्ने देख्नु हुन्छ ? 

कुँवर–  नेपालमा विद्यमान कोरोना प्रभावितको संख्या दिनानु दिन २ हजारदेखि ३हजारका दरले बढी रहेको छ । हाल १ लाख ५० हजार भन्दा बढी संक्रमितको संख्या पुग्नु तथा मर्नेको संख्या १ हजार माथी  पुगिसकेको अवस्थामा भोलि यो अझ विकराल अवस्था आउने देखेको छु । सरकारले पुनः केही समय लकडाउन जारी गरेर संक्रमितको पहिचान गरि उपचार गर्ने व्यवस्थाको साथै थप फैलिनबाट रोक्न पर्ने देखिन्छ । यहि गतिले गयो भने १ वर्षसम्म ठूलो प्रभाव परिरहने र अर्थतन्त्रमा  अझ प्रभाव पर्न जाने देखिन्छ । 

 लघु वित्तले गरीबी निवारणका क्षेत्रमा, गाउँ गाउँको आर्थिक गतिविधिलाई चलायमान बनाउने प्रयास गरेको भएता पनि बैंकको तुलनामा व्याज बढी लिने गर्छन्, कतै कतै लगानी उठाउने कार्यमा अलिक कठोर भइदिदा केहीको दैनिक नै प्रभावित हुने गरेको छ भन्ने समाचार पनि बेला बखत आउने गर्दछन्, वास्तविकता के कस्तो पाउनु भएको छ ?

कुँवर– लघु वित्त संस्थाले संस्थामा आवद्ध ग्राहक सदस्यलाई आयआर्जन एवं स्वरोजगार उन्मुख गतिविधिको साथै  सीपमूलक तथा लघु उद्यम व्यवसाय संचालन गर्न सामुहिक जमानीमा वा स्विकार योग्य धितो लिई ग्राहकहरूको घरदैलोमा गएर पैसाको थैलो प्रदान गरी उत्पादन बढाउन सहयोग गर्दछ । साथै वचत जम्मा गर्ने अवसर प्रदान गरी फजुल खर्च भएर जाने ससाना वचत रकम संकलन गरि पूँजी निर्माण गर्ने कार्य गर्दछ र सो पूँजीलाई आवश्यक व्यक्तिहरूलाई प्रदान गर्दछ । लघुवित्त संस्थाले मात्र लघु कर्जाहरू बिना धितो समूह जमानीमा लगानी गर्दछ । तर बैकहरूमा ससाना कर्जाको लागि ग्रामीण क्षेत्रको पहूँच पुग्दैन साथै विना धितो बैंकले पत्याउदैन पनि । लघुवित्त संस्थाले ग्रामीण क्षेत्रको आर्थिक, सामाजिक तथा महिला सशक्तिकरण विकासमा खेलेको भूमिकाले देशको आर्थिक विकासमा टेवा पुगिरहेको छ । लघु वित्त गाँउ गाँउमा पुगेर मानिसका वित्तीय आवश्यकताहरू पुरा गरिरहेको छ । तर गाँउका शोषक सामन्तलाई यो काम मन परेको छैन, किनकी उनीहरूले सयकडा २ देखि ३ सम्म लिने साथै काम लिने घ्यू खाने तथा सावाँ र व्याज एकमुष्ठ लिने प्रचलन अझ मेटिएको छैन । हाम्रो लघुवित्त संस्थाले त १२ प्रतिशतसम्म कर्जा लगानी गर्न शुरु गरी सकेका छौं । यो व्याजदर बैंक वरावर नै हो व्याज महँगो होइन । महँगो त्यो व्यक्तिलाई हुन्छ जसले कुनै उद्यम व्यवसाय गदैन । सीप क्षमता र व्यावसायिक ज्ञान हुनेको लागि पूँजीको उपलव्धता प्रधानता हुन्छ र व्याज गौण हुन्छ । एउटा कुरा यहाँहरूले के बुझ्न आवश्यक छ भने समूह जमानीमा गरिने लगानीको लागत थोक कर्जामा गरिने लगानी भन्दा खर्चिलो वा लागत बढी लाग्छ । बैंकहरूले राम्रो धितो लिएर एक करोड एउटै व्यापारीलाई नै लगानी गर्न सक्छन तर लघुवित्तले एक करोड लगानी गर्नका लागि प्रति सदस्य ५० हजार लगानी गरियो भने पनि २ सय जना सदस्यहरूलाई वितरण गर्नु पर्ने हुन्छ जुन कार्य झञ्जटिलो र खर्चिलो छ । 

सवाल रह्यो कसै कसैलाई गरिएको लगानी उठाँउदा अलिक कठोर भयो भन्ने भनाईमा केही सत्यता छ । वास्तवमा समूह जमानीमा गरि लगानी कार्य आयआर्जन वृद्धि गर्ने उद्देश्यका लागि मात्र भएकोले लघुवित्त संस्थाबाट लिइएको कर्जा सम्पत्ति सिर्जना गर्ने कार्यमा नभै फजुल खर्च गरियो भने आम्दानीको कुनै संभावना नरहने भएकाले त्यस्ता व्यक्तिहरूबाट कर्जाको किस्ता उठाउदा केही अलि दवावको अवस्था आउन सक्छ । तर सदस्यको समस्यालाई मध्यनजर गरी उनीहरूको कर्जा विश्लेषण गर्दा आयस्तर र तिर्न सक्ने क्षमताका आधारमा समय भाखा अवधी एवम किस्ता रकमको प्रवन्ध  गर्न जोड दिएका छौं । 

 लघु वित्त संस्थाको कार्यक्रम महिलाहरुको समूहमा मात्र किन केन्द्रित रहेको हो ? के पुरुषहरूलाई पनि समूहमा आवद्ध गरि कार्यक्रम सञ्चालन गर्न सकिदैन ? 

कुँवर–  तपाईले तथा आम मानिसले वुझे जस्तो महिलामा मात्र केन्द्रीत कार्यक्रम भने यो होइन । पुरुषहरूको पनि समूह गठन गरि कार्यक्रम सञ्चालन गर्न सकिने संस्थामा व्यवस्था रहेको छ । हाम्रा केही शाखाहरूमा पुरुषहरूको पनि समूह सञ्चालन भैरहेको छ । समूहमा आवद्ध नभएका उद्यमी महिला तथा पुरुषहरूलाई स्विकार योग्य धितो लिएर पनि लगानी गरिएको जानकारी गराउन चाहन्छु । वंगलादेशका प्रो. मोहम्मद युनुसले महिलाहरूलाई मात्र केन्द्रित गरी समूहमा आवद्ध गराइ ससाना वचत संकलन तथा कर्जा लगानी कार्यक्रमको थालनी गरेको पाइन्छ । महिलाहरू केन्द्रित कार्यक्रम किन भयो भन्ने सवालमा एउटा रोचक वास्तविक घटनामा आधारित कथा सुनाउन चाहन्छु । प्रो. युनुस वंगलादेशको चटगाँउ युनिर्भसीटीका प्राध्यापक थिए । तत्कालीन समयमा वंगलादेशमा व्यापक अनिकालको अवस्था एकातिर थियो भने अर्को तिर नेपाल जत्रो देश भए पनि त्यहाँको जनसंख्या नेपालको भन्दा ५ गुणा थियो । उनी अर्थशास्त्रका प्राध्यापक थिए । उनि अध्यापन गर्न युनिर्भसिटीमा जाने क्रममा एक दिन सडकमा हिडिरहेका थिए । एक जना महिलाले सडकमा वच्चा सुताएर भिख माग्ने गरिरहेकी थिइन । युनुस नजिक आएपछि ती महिलाले उनीसंग पनि वच्चा धेरे दिन देखि विरामी भएको र १ हप्तादेखि केही खाना नपाएको व्यथा सुनाईन । युनुसको मन भारी भएर आयो र देशको अवस्था प्रति संवेदनशील भए । उनले कोटको गोजीमा हात हालि हातमा आएको सबै टाका दिएर युनीर्भसिटी तिर पाइला बढाए । उक्त घटना भएको केही वर्षपछि युनुस भेट्न ती महिला चटगाँउ युनिर्भसिटीमा गइन । युनुसको नाम उनलाई थाहा थिएन उनले दिएको धेरै रकमको कारण उनले ती मानिस कहाँ काम गर्छ भन्ने सम्म जानकारी पत्ता गरेकी थिइन । अनुहारको आकृती अलि अलि याद भएकाले र शरिरको बनावट र दारीको आधारमा चिन्न सकिने विश्वासले उनी त्यहाँ भेट्न पुगेकी थिइन । युनिर्भसिटीका कर्मचारीलाई युनुसको आकृती बताएर उनलाई भेटन आएको आशय व्यक्त गरे पनि उनिले कसलाई भेट्न खोजेको हो ठम्याउन सकेनन । संयोगले त्यही समय युनुस पढाएर त्यही बाटो आउँदै गर्दा ती महिलाले उनलाई चिनिन । युनुुसलाई भेटेर पहिलाको घटना सम्झाउने कोशिस गरिन । युनुसले मैले के सहयोग गर्नु प¥यो भन्ने आशस राखे । ती महिलाले तपाईको सहयोगका लागि धन्यवाद दिन आएको र तपाईले गर्नु भएको आर्थिक सहयोगको साँवा र चलन चल्तिको व्याज सहित तिर्न आएको छु यो रकम हजुरले फिर्ता लिइदिनु भनी अनुरोध गरिन । युनुस अचम्मित हुँदै भने मैले त्यस समयमा कति दान गरे मलाई याद छैन । यो धेरै वर्ष अघिको कुरा हो । मैले फिर्ता लिने उद्देश्यले दान गरेको थिइन । सवै तपाई नै राख्नु होला मलाई चाहिदैन । यो रकमको खाँचो तपाईलाई पर्छ भने तर ती महिलाले मान्दै मानिनन् । केही सीप नलागे पछि उनले भने भैहाल्यो मलाई व्याज चाहिदैन । मैले बिर्सिए । मैले कति रकम दिएको थिए त्यति रकम मात्र दिनु होला लिन्छु तर भन्नु होस हिजोको त्यो अवस्थाको तपाई आज कसरी यो अवस्थामा आइपुग्नु भयो म जान्न चाहन्छु । उनले सबै कुरा एक फिल्मको कहानी झै बताइन । दान दिएको केही रकमले वच्चाको उपचार गरेको र बाँकी रकमले सानो नाङ्लो पसल गरेको । उक्त व्यावसायको विकास र विस्तार भई अहिले आफ्नै घरमा राम्रो व्यवसाय सञ्चालन गरेकोले तपाईले दिएको दानलाई विउ पुँजी र ऋण स्वरुप संझेर फिर्ता गर्न आएको सविस्तार बताइन । त्यो सबै सुनेपछि युनयुको दिमागमा बत्ती बल्यो । गरिव महिला पनि इमान्दार हुदो रहेछन । उनी जस्तै महिलाहरूको समूह गठन गरि बिना व्याजमा ५० टाकाका दरले केही समूहलाई १ वर्षका लागि सापटी प्रदान गरे र एक वर्षपछि फिर्ता लिदा उक्त रकमले उनीहरूले राम्रो आम्दानी गरेको तथ्य प्रस्तुत गरे पछि नै उनले ग्रामीण बैंकको स्थापना गरेका थिए । 

 लघुवित्त संस्थाको आवश्यकता र औचित्य के कसरी पुष्टि गर्नु हुन्छ ? 

कुँवर–  नेपाल एक भुपरिवेष्ठित राष्ट्र हो । नेपालको ९० प्रतिशत जनता ग्रामिण क्षेत्रमा वसोवास गर्छन भने ८० प्रतिशत कृषि क्षेत्रमा आश्रित छन । अझै पनि ६८ प्रतिशत जनताहरू वित्तीय पहुँचबाट वञ्चित छन भने २० प्रतिशत भन्दा बढी गरिवीको रेखामा नै बस्न विवश छन । विकासका भौतिक पूर्वाधारको अभावमा तत्कालीन समयमा वाणिज्य बैंकहरू शहरकेन्द्रित मात्र रहेको अवस्था थियो । देशका विभिन्न भुभागहरूमा वित्तीय पहूँच नगन्य मात्रमा मात्र थियो । नेपालको यस कहाली लाग्दो अवस्थामा वित्तीय पहूँच नपुगेका देशका दुरदराजहरूसम्म वित्तीय वित्तीय सेवाहरू उपलव्ध गर्नु पर्छ भन्ने मान्यता राखि विस. २०४९ साल तिर डा. हरिहरदेव पन्त (तत्कालीन नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त डेपुटी गभर्नर)ले वंगलादेशको ग्रामीण बैंकको मोडेल अनुसार सीप भएका तर पूँजीको अभाव भएका ग्राहकलाई तथा पुँजी भएका तर सीप नभएका व्यक्तिहरूलाई सीप सहितको कर्जा व्यवस्था गर्ने गरि उनीह½रूको आयआर्जन क्षमता वृद्धि गर्न लघु बैकिंङ कार्यक्रमको आवश्यकता देखेर नै नेपालमा लघुवित्तको अवधारण भित्र्याउनु भएको जानकारी यहाँहरूलाई स्मरण गराउदछु ।

यस वित्तीय संस्थाले विपन्न वर्गको आवश्यकतामा आधारित गुणस्तरीय, भरपर्दो लघुवित्त सेवा प्रदान गरी उनीहरूको आर्थिक तथा सामाजिक विकासको माध्यमवाट आर्थिक रुपमा समृद्ध सदस्य निर्माण एवम विस्तार गर्नै मुख्य ध्येय राखि लघुवित्त कार्यक्रमहरु सञ्चालन गरी ग्राहक सदस्यहरूको वित्तीय आवश्यकताहरू घरदैलोमा नै उपलव्ध गरि पुरा गरिरहेको कारण लघुवित्त संस्थाहरू ग्रामीण क्षेत्रमा गरिवी न्यूनीकरण गर्ने एक सशक्त माध्यम वा औजार हो भन्ने पुष्टि भएको छ । साथै लघुवित्तहरूले निम्न कुराहरूमा विशेष जोड दिने गर्दछन । सदस्यको आर्थिक समृद्धिका लागि नै कार्य गर्ने भएकाले लघुवित्तले समाजमा ल्याएको परिवर्तनहरू निम्न अनुसार रहेको छर्ल· नै छ । 

१. ग्राहक सदस्यहरूलाई घरदैलोमा नै सेवा दिने कारण बचत गर्ने वानीको विकास भएको छ । २. फजुल खर्चका लागि नभै कर्जा उद्यम तथा आय आर्जनका लागि मात्र लिने चेतना वृद्धि भएको छ ।

३. सदस्यहरूलाई उद्यमी बन्न प्रेरणा दिएको कारण स्वरोजगार हुनेको संख्यामा दिनप्रति दिन वढि रहेको छ । ४. सदस्यको आर्थिक जीवनस्तर उकास्न आवश्यक सिप र प्रविधि उपलव्ध भएको छ ।

५. समूहका सदस्यहरूलाई लघुवित्तले उपलव्ध गराएका तालिम तथा भ्रमण कार्यक्रमहरूबाट व्यावसायिक कृषि, पशुपालन तथा पंछिपालन गर्ने सिप ज्ञान प्राप्त गरेका छन ।  ६. गरिब तथा विपन्नले पनि बचत गर्न सक्छन । विपन्न पनि इमान्दार हुन्छन र उनीहरू पनि वित्तीय कारोवार गर्न सक्छन भन्ने मान्यता प्रमाणित भएको छ ।

६. बचत भविष्यका लागि गरी सुखी भविष्य बनाउने आधार भएकाले बचत त्यागवाट मात्र प्राप्त हुन्छ । उद्यमी बन्ने र आय आर्जन गर्ने उद्धेश्यले कर्जा लिने हो । कर्जा वर्तमान वित्तीय आवश्यकता पूरा गर्ने शसक्त माध्यम हो भन्ने आम वुझाईमा वृद्धि भएको छ । ७. लघुवित्त संस्थाको खुद मुनाफाको १ प्रतिशत ग्राहक कल्याण कार्य तथा १ प्रतिशत सामाजिक सेवा विकासमा लगाइने व्यवस्थाबाट संस्थाको सामाजिक उत्तदायित्वमा वृद्धि भै समाज कल्याणका कार्यहरुमा तिव्रता आएको छ । 

लघुवित्त– गरिवी न्युनीकरणको प्रभावकारी औजार हो ।

१. लघुवित्तले गरीवहरूलाई वर्तमानमा उपलब्ध अवसरहरूबाट फाइदा लिन मद्दत गर्दछ । २. यसले स्वरोजगारको श्रृजना गर्दछ ।

३. यसले लघु उद्यमको विकास गर्दछ । ४. यसले गरीवहरुको आम्दानीमा वृद्धि गर्दछ ।

५. यसले गरीवहरूको आत्मविश्वास तथा आत्म सम्मानमा वृद्धि गर्दछ ।

अन्तरङ्ग– ग्लोबल आइएमई लघुवित्तको मूल उद्देश्यहरु के कस्ता छन् ?

कुँवर–  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था संस्थापना गर्नुका निम्न मुल उद्धेश्यहरू रहेका छन । 

१) वित्तीय संस्थाले स्वस्थ्य प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो लघुवित्त सम्बन्धि सेवा उपलब्ध गराउने । २) नेपाल राष्ट्र बैंकको स्विकृति लिई सर्वसाधारण बाट निक्षेप स्विकार गर्ने र भुक्तानी दिने ।

३) कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यवसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम् उत्पादकत्व बृद्धिका लागि आवश्यक लघुवित्त सम्बन्धी साधन आन्तरिक तथा बाह्य श्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पु¥याउने,

४) उपलब्ध सीप, श्रम तथा पूँजीलाई उचित परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा उत्पादन एवम् रोजगारीमूलक व्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवम् प्रबद्र्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई गरिबी निवारणका लागि सक्रिय रुपमा संलग्न भई सहयोग पुर्याउने ।

५) लघुवित्त सम्बन्धी सेवामा जोखिम कम गर्दै लघुवित्त क्षेत्रको उदारीकरणमा मद्दत पुर्याउने, देशको अर्थतन्त्रलाई सवल तथा सुदृढ बनाउन सहयोग पुर्याउने । ६) देशको समग्र वित्तीय प्रणालीप्रति सर्वसाधारणको विश्वासनीयता अभिबृद्धि गर्न सहयोग पुर्याउने  ।

 छोटो अवधिमा यति राम्रो प्रगति गर्न सक्नुको कारणहरू के के छन् र यसको श्रेय कस्लाई दिनु हुन्छ ?

कुँवर– २०७७ जेष्ठ ५ गतेवाट आठौ वर्षमा सञ्चालनमा रहेको र संस्था स्थापनाको छोटो अवधीमा यस वित्तीय संस्थाका कार्यक्रमहरू सदस्यहरू माझ लोकप्रिय बन्दै गएका छन् । लघुवित्तको क्षेत्रमा फरक ढंगबाट कार्यक्रम सञ्चालन गर्ने कार्यमा हामीले जोड दिइरहेका छौं । अन्य भन्दा पृथक र श्रेष्ठ हाम्रो कार्यक्रम सञ्चालन गर्ने दृष्टिकोण हुन । हामीहरूले सदस्यहरूको आवश्यकतामा आधारित रहेको वचत तथा ऋणका सेवाहरू सञ्चालन गरिरहेका छौं । हरेक व्यावसायको केन्द्रविन्दु भनेको ग्राहक सदस्यहरू नै हुन । उनीहरूलाई व्यावसायका राजा वा भगवान मानिन्छ । व्यावसायले ग्राहकलाई भगवान स्वरुप मानेर आदर सत्कार र सम्मान दिई उनीहरूलाई खुशी बनाउने कार्य नै एक सफल व्यावसायिक संगठनको लक्ष्य हुनु पर्दछ । 

बजारशास्त्रको एक विद्यार्थी भएको हैसियतले मैले बुझेको तपाई जे उत्पादन गर्नु हुन्छ सो विक्री गर्ने कार्यमा जोड दिनु भन्दा, जे बिक्री हुन्छ सो वस्तु सेवाहरु उत्पादन गर्नु पर्छ  भन्ने मेरो मान्यता छ । के बिक्री हुन्छ भनी तपाईले यदि सोध्नु भयो भने मेरो जवाफ, ग्राहकहरूको अध्ययन गरि उनीहरूको जे माग छ त्यही उत्पादन गरयौ भने अवश्य बिक्री हुनेछ । 

संस्थाले छोटो समयमा प्रगती गरेको कुरा गर्नु भयो, हेर्नुहोस संस्थाले निश्चित लक्ष्यहरू लिनु पर्छ र ती लक्ष्यहरू स्मार्ट पनि हुनु पर्छ । ती स्मार्ट लक्ष्यहरू हासिल गर्नका लागि कम्तीमा पनि ५ वर्षे दीर्घकालीन योजना तयार गर्नु पर्छ सो हासिल हुने गरि वार्षिक योजना वनाउनु पर्छ । सो योजना हासिल गर्न सञ्चालक समितिले आवश्यक नीति तथा निर्देशिकाहरू तयार गरी व्यवस्थापनलाई उपलव्ध गरिदिनु पर्छ । कर्मचारीहरू एकदम इमान्दार, अनुशासित र कर्तव्यनिष्ट हुन आवश्यक छ । यी नै कार्यहरूको संयोजन र समन्वयबाट मात्र संस्थाले छोटो समयमा नै प्रगतीको फड्को मारेको विश्वास गरेको छु । विभिन्न परिस्थितिहरूसंग लडेर र जुधेर संस्थालाई आजको अवस्थासम्म ल्याई पु¥याउने कर्तव्यनिष्ट सवै कर्मचारीहरू, दीर्घकालीन सोच र व्यवसायिक रणनीति सिकाउने तथा आवश्यकता वमोजिमका नीति निर्देशिकाहरूको तर्जुमा गरि संस्था सञ्चालनमा सहयोग गर्ने सञ्चालक समिति तथा इमान्नदार, उद्यमी र व्यावसायिक ग्राहक सदस्यहरूलाई नै यो सफलताको श्रेय दिन चाहन्छु । 

 लमजुङ जस्तो स्थानमा स्थापना भएर देशका अधिकांश स्थानमा शाखा विस्तार गर्न सम्भव छ भन्ने सपना के कसरी देख्न पुग्नु भयो ?

कुँवर– लमजुङ जिल्लामा केन्द्रीय कार्यालय स्थापना गरी २०७० जेष्ठ ५ गतेवाट व्यावसायिक कारोवार शुरु गरेको  १० जिल्ला कार्य क्षेत्र भएको वित्तीय संस्थालाई आज हामी राष्ट्रियस्तर रुपमा कार्यक्रम सञ्चालन गर्न सफल भएका छौं । २०७१ पौष १७ गते यस वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतको रुपमा प्रवेश गर्दा संस्थामा १ करोड ४० लाख चुक्ता पुँजी रहेको थियो भने ८ हजार सदस्यहरू, १ करोड ५१ लाख वचत संकलन र १४ करोड कर्जा लगानी भएको अवस्था थियो । ६ जिल्लामा ८ वटा शाखा थिए । संस्थाका कार्यक्षेत्र सबै जसो हिमाली जिल्ला तथा दूर्गम थिए । व्यावसाय विस्तार गर्न ज्यादै कठिन थियो । त्यसको बावजुद पनि हामीले योजनावद्ध तरिकाले व्यावसाय विस्तारको अभियान अघि वढायौं ।  वि.स. २०७२ वैशाखमा गएको महाभुकम्पबाट ६ जना सदस्यको मानवीय क्षति भएको थियो । सबै कार्यक्षेत्रका गरि ५ हजारभन्दा बढी सदस्यहरूको घर आवास पूर्ण तथा आंशिक क्षति भएको अवस्था थियो । यस परिस्थितिमा हामीहरूले मानविय क्षति भएका सदस्यको ७ लाख ऋण मिनाहा ग¥यौं भने ५ हजार सदस्लाई ३६ लाख बरावरको राहत वितरण गरेको अवस्था थियो । यस्तो परिस्थितिबाट पनि विचलित नभई हामीले निरन्तर रुपमा कार्यक्रम विस्तार अभियानमा लाग्यौं । संस्थालाई चरणवद्ध रुपमा कार्यक्षेत्र विस्तार गर्दै आज राष्ट्रियस्तरसम्म आइपुग्न सकेका हौं । 

  सहकारी, लघु वित्त र बैंक  बीचको अन्तर के कस्ता छन् ? सर्वसाधारणले बुझ्ने गरी प्रष्ट्याइदिनु होस् न ? 

कुँवर– सरसरी हेर्दा सहकारी, लघु वित्त र बैंकको नाम र कामलाई हेर्दा उस्तै उस्तै काम गर्ने संस्थाहरू भन्ने बुझिन्छ । यिनीहरूको बीच धेरै भिन्नता छन । ती भिन्नता संक्षेपमा व्यक्त गर्न जर्मको गर्न चाहन्छु । 

सहकारीः निश्चित भौगोलिक क्षेत्रमा वसोवास गर्ने साझा उद्देश्य र एउटै लक्ष्य भएका व्यक्तिहरू स्वेच्छिक रुपमा संगठित भइ आपसी आर्थिक तथा सामाजिक विकास गर्नका लागि एकै साथ काम गर्ने र पद्दतिमा सञ्चालन गर्न सहमत भै खोलिएको पूर्ण प्रजातान्त्रिक व्यावसायिक संगठन नै सहकारी हो । एक्लै उभिन नसक्ने व्यक्तिहरू मिली एक आपसमा ससानो पुँजी लगानी गरि स्वामित्व ग्रहण गरिएको सामुहिक व्यावसाय  सहकारी हो । सहकारीमा भएको एउटा प्रमुख विशेषता भनेको आफै मालिक र आफै ग्राहक हुने व्यवस्था हो । साथै एकताको भावनाबाट प्रत्येक सबैको लागि, सबै प्रत्येकका लागि (Each for lla & all for Each) र पारस्परिक सहायताद्वारा आत्म सहायता सिद्धान्त सहकारीमा लागू हुन्छ । सदस्यहरूले, सदस्यहरूका लागि, सदस्यहरूद्वारा शासित एउटा प्रजातान्तिक व्यावसायिक संगठन वा उद्यम नै सहकारी हो ।

बैंक : मुद्राको कारोवार वा लेनदेन गर्ने गरी प्रचलित कानून वमोजिम संगठित संस्थालाई बैंक भनिन्छ । अर्थात सर्वसाधारण सबैले चाहेको बेलामा झिक्न पाउने र निश्चित व्याज दिने गरी रकम पैसा राखि दिने र व्याजमा उद्देश्यमुलक कर्जा दिने गरी आर्थिक कारोवार गर्ने व्यावसाय वा संस्थालाई बैंक भनिन्छ । वर्तमान समय म्ष्नष्तबष्शिबतष्यल यूग हो । बैंकहरूले नगद कारोवार गर्दा जोखिम बढ्ने तथा कालो धन भित्रिन सक्ने अवस्थालाई समेत मध्य नजर गरि Cashless Digital Service मा जोड दिई विभिन्न किसिमका वित्तीय सेवाहरू प्रदान गर्ने एक वृहत संस्थाको रुपमा लिइन्छ ।   

लघुवित्त : न्यून आय भएका गरिव, विपन्न, सिमान्तकृत, पिछडा वर्ग एवम कृषक महिलाहरूको आर्थिक तथा सामाजिक विकास गर्नका लागि प्रदान गरिने स–साना वित्तीय सेवाहरू, गैर वित्तीय सेवाहरू तथा  स्वरोजगारीमा वृद्धि गर्न सहयोग गर्ने संस्थालाई लघुवित्त वित्तीय संस्था भन्ने वुझ्न सकिन्छ । लघुवित्त सेवाहरू अन्तर्गत लघु उधम, लघु व्यवसाय, लघु बचत, लघु कर्जा ,लघु विप्रेषण, लघु बीमा आदि पर्दछन् । लघुवित्तको माध्यमबाट दुर्गम एवम् वित्तीय सेवाको पहूँच नभएका भएका क्षेत्रका जनतालाई उत्पादन, रोजगारी, आय आर्जनको माध्यमबाट आत्मनिर्भरता बढाउन जोड दिइएको हुन्छ । ग्रामीण एवम् दुर्गम क्षेत्रमा वित्तीय सेवाको पहुच बढाई अर्थतन्त्रको गतिलाई चलायमान बनाउने कार्यमा लघुवित्तको अहम् भूमिका रहेको छ भन्ने हाम्रो वुझाई हो । 

लघुवित्त चक्र– 

लघुकर्जा : साना साना उद्यमी एवम् व्यवसायीहरूलाई सानो कर्जा–

लघुवित्त – लघु कर्जा र लघु वचत ।

एकीकृत सेवा– लघु बीमा, – लघु विप्रेषण,  – स्थानीय साधन र श्रोतको उपयोग, – लघु सामाजिक तथा सामुदायिक सेवा, – चेतना र नेतृत्वको विकास । 

यसरी हेर्दा  सहकारी, लघु वित्त र बैंकहरू बीच, संस्था सञ्चालनको सिद्धान्त, स्वायत्तता र स्वतन्त्रता, साधारण सभा, कार्यक्षेत्र, सदस्य र ग्राहक, मत अधिकार, सीमित तथा असीमित लाभाँश, एकल तथा त्रिवेणी विकास र लगानीकर्ताको सरोकार आदि बुँदाहरूमा केन्द्रित रहेर खलफल गर्ने हो भने हामीले उपर्यूक्त भिन्नताहरू पाउन सक्छौं । 

 हिजोका दिनमा लमजुङले स्थापना र सञ्चालन गरेको बैंक भनेर निकै चर्चा परिचर्चा चल्यो, तर आज त्यो मर्जर भएर जिल्लाबासीले गौरव गर्ने त्यो स्थिति मेटिएको छ, भोलिका दिनमा कतै यो लघु वित्त पनि अन्यत्रका सस्थासँग मर्ज भएर लमजुङबासीले गौरव गर्ने आधार नष्ट हुने त होइन ?

कुँवर– कुनै पनि देश अर्थतन्त्र त्यो देशको मौद्रिक नीतिमा निर्भर रहन्छ । नेपाल राष्ट्र बैकको मौद्रिक नीति हरेक वर्ष समय सापेक्ष रुपमा परिवर्तन भै रहन्छ । मौदिक नीतिवाट देश को अर्थतन्त्र निर्देशित हुने हुनाले सो अनुरुप ऐन नियम कानून तथा नीतिहरू शंसोधन हुदै जान्छन । लमजुङ जिल्लामा तत्कालीन समयमा मेरो परिकल्पना वमोजिम विभिन्न व्यापारी, उद्योगी तथा समाजसेवी साथीहरू मिलेर १ जिल्ला कार्यक्षेत्र भएको प्यासिफक डेभलपमेन्ट बैक लि.को स्थापना भएको थियो । उक्त बैंकले राम्रै आर्थिक प्रगती गरेको पनि थियो । १ करोड चुक्त्ता पुँजीबाट पनि तत्कालीन समयमा १ जिल्ला कार्य क्षेत्र भएको विकास बंैक खोल्न सकिने नेपाल राष्ट्र बैकले व्यवस्था गरेको थियो । जिल्ला भित्रका ससाना उद्यमी, व्यवसायी तथा समाजसेवीहरूले थोरै रकम लगानी गरि बैंकको मालिक बन्ने व्यवस्था रहेको थियो । नेपाल राष्ट्र बैंकले बैकहरूको चुक्तापुँजी बृद्धि नीतिले १ जिल्ला कार्यक्षेत्रको ४० करोड वृद्धि गरेको र तत्कालीन बैंकको शेयरधनीहरूबाट उक्त चुक्तापुँजी वृद्धि नगर्ने निर्णय वमोजिम ग्लोबल आइएमई बैक लि.मा समाहित हुन गइ उक्त बैकको अस्तित्व मेटिन पुगेको हो । समय मुल्यवान छ, किनकी समय फर्किएर आउँदैन । समय अनुसार एक स्थानमा स्थापना भएका संस्थाहरूका व्यावसायिक विकास र विस्तारसंगै जिल्लाबाट केन्द्र तिर अघि बढ्छन । समयको माग र आवश्यकता हो । संस्थाको स्थापना जिल्लामा हुनुले मात्र महत्व राख्दैन त्यसको कार्यक्रम कहाँसम्म फैलिएको छ त्यसले मान्यता राख्दछ । लमजुङ जिल्लाबाट तत्कालीन समयमा प्यासिफक डेभलपमेन्ट बैंक पछि सवैभन्दा बढी कर राजश्व तिर्ने संस्था भनेको ग्लोबल आइएमइ लघुवित्त हो । प्यासिफिक ग्लोबल आइएमई बैंकमा समाहित भएपछि यस वित्तीय संस्थाले नै वार्षिक रुपमा सवैभन्दा बढी कर राजश्व तिर्ने गरिरहेको समेत यहाँहरूलाई जानकारी गराउन चाहन्छु । तर जिल्लामा यस वारेमा चासो र संस्थाको योगदानको पहिचान र कदर कुनै पनि सरकारी तथा व्यावसायिक संगठनहरूको संघले गरेको पाइदैन । यस मानेमा जिल्लामा स्थापना भएको संस्था सधैं जिल्लामा नै सिमित हुनु पर्छ र यसैमा गर्व गर्नुपर्छ भन्ने लाग्दैन । 

 लघु वित्त संस्थाले गाँउ गाँउका महिलाहरूको शोषण गरिरहेका छन र सस्तो व्याजमा ऋण लिएर महँगो व्याजमा लगाउछन भन्ने धेरै आवाजहरू आइरहेका छन यस सम्वन्धमा तपाईको धारणा के कस्तो छ ?

कुँवर– यो सर्वथा गलत वुझाई र पुर्वाग्रह हो । लघुवित्त संस्थाले गाँउ गाँउका महिलाहरुको शोषण होइन पोषण गरिरहेको छ । घरदैलो वचत गर्ने अवसर प्रदान गरेको छ । पूँजीको अभाव भएका व्यक्तिहरुलाई  ससाना लघु कर्जा दिएर उद्यम व्यवसायी बन्न प्रेरणा दिएको छ । सीप तालिम तथा भ्रमण कार्यक्रमहरूबाट मैले पनि केही गर्नु पर्छ र सधै श्रीमानको कमाइको आश गर्नु हुदैन हामी आफै आय आर्जन गरि आफ्ना आवश्यकताहरू पुरा गर्नु पर्छ भन्ने चेतनाहरू गाँउ गाँउका महिलाहरूलाई प्रदान गरेको छ । समूहमा एकता हुन्छ । समूहमा आवद्ध हुदाँ समूहको सहयोग र सरसल्लाह र परामर्शवाट प्रगती हुने रहेछ भन्ने आत्मवल वढाएको छ । केन्द्रमा महिलाहरूले बोल्न सक्ने कला र सिपको विकास भइ स्थानीय तथा प्रदेशस्तरको चुनावहरूमा प्रतिनिधि बनेका निर्वाचित भएका छन । हाम्र संस्थाको कुरा गर्ने हो भने २ दर्जन भन्दा सदस्य महिलाहरू मेयर, उपमेयर अध्यक्ष तथा उपाध्याक्ष तथा वार्ड अध्यक्ष एवम  सदस्यहरु भएका उदाहरणहरु छन । यी यावत गतिविधिवाट लघुवित्त कार्यक्रमको माध्यमवाट महिलाहरु  शोषित होइन अझ समस्याहरूसंग जुध्न सक्ने संघर्षशील महिला वनाएको छ ।

यतिबेला सहकारी संस्थाहरू तथा बैंकहरूका बीचमा पनि मर्जरको हल्ला निकै चल्ने गरेको सुनिन्छ, लघु वित्त संस्थाहरू बीच पनि मर्जर आवश्यकता छ छैन ? यहाँको दृष्टिकोण ? 

कुँवर– मर्जरको हल्ला मात्र होइन वास्तविकता र आवश्यकता हो । एउटै क्षेत्रमा आवश्यकता भन्दा पनि वढि संस्थाहरु रहेका छन । वाणिज्य बैकहरुको संख्या १४,१५ मा ल्याउन नेपाल राष्ट्र बैकले चुक्ता पुँजी वृद्धि गरि ८ अर्व वनाए पनि यो नीति सफल हुन सकेन । वाणिज्य बैकहरूले विकास बैक तथा वित्त कम्पनीहरू गाभेर तथा वोनश शेयर वितरण गरेर चुक्ता पूँजी वृद्धि गरेको कारण मर्जर नीति आशिंक रुपमा मात्र सफल भयो । त्यस्तै गरी वचत तथा ऋण सहकारीहरूको संख्या पनि १७००० भन्दा बढी छन । एउटै नगरपालिकामा पनि ३०, ४० वटा सहकारीहरु सञ्चालन मा छन । धेरै जसो सहकारीहरु सहकारी मुल्य र मान्यतामा सञ्चालन हुन सकिरहेका छैनन । सरकारी नियमनको अभाव छ । सदस्यहरुमा दोहोरोपना तथा वहुवित्तीयकरण छ । एउटा नगरपालिका भित्र अधिकतम ५ वटा सहकारी पर्याप्त छन । त्यसैले अझ सवल, दिगो र प्रभावकारी सहकारी संस्था सञ्चालन गर्नका लागि एक मात्र विकल्प एउटै क्षेत्रका सहकारीहरू बीच मर्जर गर्नु राम्रो हुन्छ । 

त्यस्तै गरि घ वर्गका लघुवित्तहरूको पनि नेपाल राष्ट्र बैकबाट मर्जर नीति मा जोड दिइए वमोजिम  लाईसेन्स प्राप्त कुल ९२ वटा लघुवित्तहरूलाई ३०,३५ वटा वनाउने भन्ने अनौपचारिक विचारहरु वाहिर आइरहेका छन ।  ९२ वटा लघुवित्त मध्ये २०, २१ वटा लघुवित्तहरू मर्जर तथा प्राप्तीमा गै सकेका छन । ढिलो चाँडो साना तथा नयाँ लघुवित्तहरु मर्जरमा नगै सुखै छैन । 

 लघु वित्त संस्थाहरूको विकासका लागि सरकारले के कस्ता नीतिगत कुरामा ध्यान दिनुपर्ने देख्नु भएको छ ?

कुँवर– नेपाल राष्ट्र बैक लघुवित्त संस्थाहरूको अभिभावक तथा नियमक निकाय हो । घ वर्गका लघुवित्त संस्थाहरूको स्थापना, विकास र विस्तारमा राष्ट्र बैकको उल्लेखनिय योगदान रहि आएको छ । आफैले जन्माएको संस्थाको भरपोषण गर्नु उसको दायित्व रहन्छ सो अनुसार नै लघुवित्त संस्थाहरूलाई आवश्यक वित्तीय श्रोतहरू नेपाल राष्ट्र बैकवाट जारी नीतिगत व्यवस्थावाट पूर्ति हुदै आएको छ । उक्त व्यवस्थावाट उपलव्ध वित्तीय श्रोतका अतिरिक्त लघुवित्तका शाखा क्षेत्रका सर्वसाधारण व्यक्तिहरुको पनि निश्चित सिमासम्म निक्षेप संकलन गर्न पाउने व्यवस्था भएमा आन्तरिक वित्तीय श्रोतको सिर्जना हुने थियो । साथै नियमन निकायवाट लघुवित्त संस्थामा आवद्ध सदस्यहरूबाट आवधिक प्रकृतीको वचत संकलन गर्ने व्यवस्थाका कडाइ गरिएको छ यसमा पुर्नविचार हुनु पर्छ भन्ने हाम्रो अनुरोध छ । लघुवित्त संस्था एक प्रकारको पव्लिक कम्पनी व्यवसाय हो । यसमा लगानी गर्ने शेयरधनीहरुले पनि निश्चित प्रतिफलको आशा राखेर लगानी गरेका हुन्छन । लघु वित्त संस्था कम्पनी व्यवसाय हुनुको साथै एक सामाजिक संस्थाको जस्तो कार्य प्रकृती रहेको हुन्छ । देशको सरकारले कुनै पनि विकासको पूर्वाधारहरू नपुगेको ठाउँहरूमा लघुवित्त संस्थाहरुले कार्यक्रमहरू सञ्चालन गरिरहेका छन । अर्थात सरकारको समेत प्रतिनिधित्व गरिरहेको छन । भौगोलिक विकटताको कारण यातायातको अभाव, वर्तमान प्रविधिको सूचना सञ्चारको अभाव, कर्मचारीहरुमा सुरक्षाको अभाव आदि जस्ता समस्याहरुले गर्दा लघुवित्त संस्थाहरुले अझ प्रभावकारी किसिमले सेवा दिन सकिरहेको अवस्था छैन । लघुवित्त संस्थाका शाखाहरूको सञ्चालन लागत सवै बैकहरूको सापेक्षिक तुलनामा वढि छ । सामाजिक कार्यमा जोड दिने संस्थाले बैकहरु सरह नै आयकर व्यवस्था ३० प्रतिशत तिर्नु पर्ने वाध्यात्मक अवस्था छ । तसर्थ लघुवित्त संस्थाहरूलाई पनि सहकारी सरह नै वा सो संभव नभएमा २० प्रतिशत मात्र आयकर तिर्ने व्यवस्था गर्न सरकारले नीतिगत व्यवस्था गर्नु पर्छ भन्ने हाम्रो धारण रहेको छ । 

 नेपाल राष्ट बैकवाट आ.व.२०७७।७८ अन्र्तगतका निर्देशन तथा परिपत्रवाट कर्जा लगानीको लागि व्याजदरको सिमा लगाएको छ । यस किसिमको कर्जा को व्याजदर सिमाले संस्था सञ्चालनमा प्रतिकुल प्रभाव पार्ने, नपार्ने वारे तपाईको धारण के रहेकोे छ  ? 

कुँवर– नेपाल राष्ट्र बैकवाट विभिन्न समयमा जारी परिपत्र तथा निर्देशनहरुवाट संस्थाले लषनी गर्ने कर्जाको अधिकतम व्याजदर १५ प्रतिशतको सिमा निर्धारण गरेको छ । लघुवित्त संस्थाहरुमा पनि आधार दर निर्धारण गरि सो भन्दा वढि नहुने गरी कर्जाको व्याजदर निर्धारण गदै जाने रणनीति नियमन निकायले लिएको देखिन्छ । गत वर्षको अधिकतम व्याजदर सिमा १८ प्रतिशत हुँदा १३ प्रतिशत कर्जा सापटी लिई १८ प्रतिशतमा लगानी गर्दाको अवस्थामा व्याजदर फरकदर ५ प्रतिशत थियो । सञ्चालन खर्च ४ प्रतिशत मान्दा पनि आम्दानी २ प्रतिशत मात्र पर्न गएको थियो भने अहिले १५ प्रतिशत अधिकतम सिमा व्याज दर कायम गर्दा वर्तमान अधिक तरलताको  कारण बैकहरूबाट लिइने व्याजदरमा कमी आएको छ । अहिलेको अवस्थामा लघुवित्त संचालनमा यो व्याजदर व्यवस्था अनुकुल अवस्था नै रहेको छ तर यो अवस्था सधै रहिरहदैन भोली तरलतामा सरलता भयो भने बैकहरू व्याजदर वढाउन सक्छन भन्ने हाम्रो ठम्याई हो ।  

 नेपाल राष्ट बैकवाट जारी आ.व.२०७७।७८ को मौद्रिक नीतिमा लघुवित्त संस्थाहरूलाई सुविधाहरू सहित मर्जर प्राप्तीमा जोड दिइएको देखिन्छ । तपाईहरुले यसलाई के कसरी लिनु भएको छ र भविश्यमा कुनै संस्थाहरुलाई मर्जर प्राप्ती गर्ने योजना वनाउनु भएको छ  ? 

कुँवर– नेपाल राष्ट्र बैकवाट जारी आ.व.२०७७।७८ को मौद्रिक नीतिले लघुवित्त संस्थाहरुलाई सुधार गर्नका लागि नै सुविधाहरु सहित मर्जर÷प्राप्तीमा जोड दिइएको सकारात्मक अर्थमा हामीले वुझेका छौं । पूँजी वृद्धि हुने, उच्च प्रविधिको उपयोग गर्न सकिने, संचालन खर्चमा कटौती हुने आदि मर्जर÷प्राप्ती पछिका सकारात्मक पक्ष हुन भन्ने मैले वुझेको हो । वर्तमान कोरोनाको कहर पछि त झन नयाँ स्थापना भएका लघुवित्त अझ वढि प्रभावित हुन पुगेका छन । २०७७ असार मसान्त सम्म मुनाफा देखिएका लघुवित्तहरूको प्रथम त्रैमासको वित्तीय विवरणमा संस्थाको मुनाफा द्यभ्ए मा समेत रहन कठिन छ । यस परिस्थितिमा एक वा एक भन्दा वढि लघुवित्तहरु आपसी मर्जर÷प्राप्तीमा जानु पर्ने अवस्था पनि परिस्थितीले पनि सिर्जना गरेको छ । अर्को तर्फ नियमन निकायवाट हकप्रद शेयरमा अंकुश लगाइएको कारण पूँजी कोषको अप्रर्याप्त भएको अवस्थामा व्यवसाय विस्तार गर्न नसकिने अवस्थाको कारण पनि मर्जर÷प्राप्ती रोज्नु पर्ने अवस्था रहिआएको छ । हामीहरुले पनि प्राप्तीमा जोड दिई कास्की पोखराको विजयपुर स्थित स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्नका लागि मिति २०७७।६।२० गते दोहोरो सहमती पत्र (MOU) मा हस्ताक्षर गरिसकेको ने.रा.बैकमा संयूक्त निवेदन दिइ सकिएको छ । भविश्य थप अन्य संस्थाहरू पनि समाहित गदै देशको नै उत्कृष्ट वित्तीय संस्था वनाउने अभियानमा रहेको सन्देश दिन चाहन्छु ।

 लघु वित्त संस्थाको भविष्य के कस्तो देख्नु हुन्छ ? 

कुँवर– लघुवित्त वित्तीय संस्थाको कार्यक्रमहरु ग्रामिणस्तर सम्म गरिवी घटाउनका लागि प्रभावकारी भएको प्रमाणित भै सकेको छ । विपन्न वर्गहरू जसको धितो छैन तर सीप, प्रतिभा र ज्ञान छ तिनीहरूलाई उद्यमी वनाउन तथा उत्पादन वढाउन लघुवित्त बो वैकिङ्ग कार्यक्रमहरू सवैभन्दा बढी प्रभावकारी भैरहेको छ । बैकहरू ग्रामीण दुरराजसम्म नपुने तथा धितो विना लगानी नगर्ने भएकाले धितो नहुने व्यक्तिहरू वित्तीय पहूँचवाट टाढा रहने अवस्था रहेको अवस्थामा पनि लघुवित्त संस्थाहरू ग्रामीण क्षेत्रका व्यक्तिहरूको घरदैलौमा नै सेवा दिइरहेको र ग्राहकहरूले वचत सेवा, कर्जा सेवा, विप्रेषण सेवाहरू प्राप्त गरि आफ्नो पेशा तथा व्यवसायहरू वृद्धि गरिरहेको हुनाले लघुवित्तको भविश्य सुन्दर हुनेछ भने अझ यी कार्यक्रमहरू प्रभावकारी हुदै जाने देखिन्छन । किनकी नेपाल राष्ट्र बैकले विस्तारै निकट भविश्यमा वाणिज्य बैकहरु र लघुवित्त संस्थाहरुको मात्र व्यवस्थाको कल्पना गरेको छ र सो कुरा विभिन्न फोरम तथा कार्यक्रमहरू मार्फत प्रस्तुत गदै आएको पाइएको छ । 

Source of : antaranganews

Leave a Reply

Your email address will not be published. Required fields are marked *