नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ग्लोबल आईएमई लघु वित्त वित्तीय संस्था लिमिटेढले कास्की पोखरामा केन्द्रीय कार्यालय रहेको स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा आज 2077/6/20 मा बसेको संचालक समितिको 118 औ बैठकको निर्णय अनुसार प्राप्ति सम्बन्धी पाँच सदस्यीय संयुक्त अध्ययन समिती गठन गरेपछि आजै सहमति पत्रमा हस्ताक्षर भएकोछ ।

सहमति पत्रमा ग्लोबल आईएमई लघु वित्त वित्तीय संस्था लि. को तर्फबाट अध्यक्ष श्री बुद्धि अकेला र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट सो संस्थाको संचालक समितिका अध्यक्ष प्रा.डा’. सुशिलभक्त माथेमाले हस्ताक्षर गर्नुभयो ।सोही निर्णय अनुसार प्राप्ति सम्बन्धी देहायको संयुक्त अध्ययन समिती गठन गरेको छ.

संयोजक श्री रूपेन्द्र वाग्ले, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लि. को संचालकसदस्य श्री सुशोभन देबकोटा, ग्लोबल आईएमई लघु वित्त वित्तीय संस्थाको लि. को संचालक सदस्य श्री मीन प्रसाद ज्ञवाली, ग्लोबल आईएमई लघु वित्त वित्तीय संस्थाको लि. को संचालक सदस्य डा. सुरेन्द्र भण्डारी, स्पर्श लघुवित्त वित्तीय संस्था लि.सदस्य श्री राजेश शर्मा स्पर्श लघुवित्त वित्तीय संस्था लि. को संचालकयस समीतिले तीन महिना भित्र प्राप्ति सम्बनधी कार्य सम्पन्न गर्नु पर्नेछ ।