कास्की विजयपुर २६ मा केन्द्रिय कार्यालय रहेको स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा एक लाख उन्साठी हजार चार सय एकासी रुपैया उन्तीस पैसा सहयोग गरेको छ ।
संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ आषाढ मसान्त सम्म जम्मा भएको रकम सहयोग गर्ने निर्णय गरी सोही वमोजिम नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचारकोषको नाममा राष्ट्रिय वाणिज्य वैकमा रहेको खाता नं १९६०००००११०१ मा उक्त रकम जम्मा गरिएको वताएको छ ।
इस वित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले हाल विश्वभर महामारीका रुपमा फैलिदै गएको कोरोना भाईरस कोभिड १९संक्रमणको महामारी नियन्त्रण र संक्रमितहरुको उपचारमा थोरै भएपनि सहयोग पुग्ने संस्थाले विश्वास लिएको जनाइएको छ ।