एनएमबि लघुवित्तद्धारा सरकारको कोरोना उपचार कोषमा तेह्र लाख ६२ हजार सहयोग

कास्कीको हेम्जामा प्रधान कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा तेह्र लाख बैसठी हजार साठी रुपैया सहयोग गरेको छ ।

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ आषाढ मसान्तसम्म जम्मा भएको रकम सहयोग गर्ने निर्णय गरेकाले सोही बमोजिम नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं 196000001101 मा उक्त रकम जम्मा गरिएको बताइएको छ ।

यस वित्तीय संस्थाले प्रदान गरेको उक्त रकमले हाल विश्वभर महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरस कोभिड १९ संक्रमणको महामारी नियन्त्रण र संक्रमितहरुको उपचारमा थोरै भएपनि सहयोग पुुग्नेछ, संस्थाले बिज्ञप्तीमा जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *