इन्टरनेटको बिल घरबाटै यसरि तिर्नुस, क्यासब्याक को फाइदा यसरि उठाउनुस ( भिडियो )

नमस्ते सथिहरु आज तपाइलाइ हामि घरमै बसी अनलाइन मार्फत इन्टरनेटको बिल कसरि तिर्ने भन्ने बारेमा सिकाउनेछौ। इन्टरनेटको बिल घरबाटै अनलाइनको माध्यम बाट तिर्न सकिन्छ। एक त कोरोना बाट बचिने अर्को घरबाट बिल तिर्दा डिस्काउन्ट पनि पाइने भएन त डबल फाइदा। साथीहरु तपाइले प्रयोग गरेको इन्टरनेट को बिल तिर्न मोबाइल बैंकिंग लगायत नेपालमा उपलब्ध इ सेवा , खल्ती, कनेक्ट आइपिएस , आइएमइ पे , प्रभु पे जस्ता डिजिटल वालेटको प्रयोग गर्न सक्नुहुन्छ।

तर आज हामि यहाँ इन्टरनेट को बिल तिर्दा १.५ % क्यास ब्याक दिने खल्ती को प्रयोग गर्नेछौ। खल्ति मार्फत हरेक पटक तपाइले इन्टरनेट को बिल तिर्दा १.५ % पैसा फिर्ता दिने गरेको छ। घरमै बसेर बिल पनि तिरिने क्यास ब्याक पनि हुने, तेसैले मैले खल्ती प्रयोग गर्ने गरेको छु। तपाइहरुले यो भिडियो हरेर बिल तिर्ने तरिका सिक्न सक्नुहुन्छ।

तपाइको खल्ती अकाउन्ट छैन भने बनाउनु पर्ने हुन्छ, आफ्नो मोबाइल नम्बरको प्रयोग गरि तपाइँ बनाउन सक्नुहुन्छ। मेरो अकाउन्ट पहिले नै छ तेसैले मैले इन्टरनेटको बिल तिर्न आफ्नो मोबाइल बैंकिंग मार्फत पैसा खल्ती वालेटमा चाहिने पैसा लोड गरेको छु। साथीहरु तपाइँले कुनै पनि बैंक अकाउन्ट बाट खल्तीमा पैसा लोड गर्न सक्नुहुन्छ।

बिल तिर्न सबै भन्दा पहीले आफ्नो खल्ती अकाउन्टमा खल्ती लग इन गर्नुस , त्यसपछि यो ड्यासबोर्ड खोल्छ अनि स्क्रोल गरेर तल आएपछि उटिलिटि पेमेन्ट मा इन्टरनेट क्लिक गर्नुस। त्यस पछि यो पेज मा तपाइको इन्टरनेट प्रोभाडर को हो सेलेक्ट गर्नुस साथीहरु । मेरो वर्ल्ड लिंक हो तेसैले म वर्ल्ड लिंक क्लिक गर्दै छु।

अब यहाँ इन्टरनेट कम्पनीले दिएको आफ्नो युज नेम टाइप गर्नुस र गेट डिटेल बटन क्लिक गर्नुस। अब तपाइको डिटेल इन्फर्मेशन खुल्छ। स्क्रोल गरेर तल जानुस र इन्फर्मेसन चेक गर्नुस। खल्तिले मलाई यहा मलाई २३ रुपया ७३ पैसा क्यास ब्याक दिएको छ। मतलब मैले करिब करिब २४ रुपया डिस्काउनन्ट पाएको छु जुन मेरो खल्ती खातामा जम्मा हुन्छ र मैले यसलाई पेमेन्टको लागि प्रयोग गर्न सक्छु।

साथीहरु तपाइँ यहाँ वालेट को साथै मोबाइल बैंकिंग वा इ बैंकिंग कुनै पनि माध्यम बाट बिल तिर्न सक्नुहुन्छ। अब तलको निलो पे बिल क्लिक गर्नुस।

अब फिंगर स्क्यान वा पासवर्ड हालेर तपाइँ ट्रांजक्सन कम्प्लिट गर्न सक्नुहुन्छ। अब भने तपाइको इन्टरनेट बिल तिर्ने काम सकिएको छ। यसरी तपाइँ सजिलै अनलाइन घरबाटै बिल पनि सक्नुहुन्छ अनि डिस्काउन्ट पनि पाउनु हुन्छ साथीहरु।

हामि रिन्यु भए नभएको चेक गर्न वर्ल्ड लिंकको एप खोल्दै छौ, यहाँ वर्ल्ड लिंकको एप मा हाम्रो एकाउन्ट रिन्यु भएर एक महिना थपिएको छ। यसरि नै तपाइँ सजिलै डिजिटल वालेटको प्रयोग गरि बिल तिर्न सक्नुहुन्छ।