तपाई विदेशबाट फर्कदै हुनुहुन्छ? हेर्नुस के के ल्याउन पाउनुहुन्छ? कति लाग्छ भन्सार

तपाइँ बिदेशमा हुनुहुन्छ र नेपाल आउने तयारि गरि रहनु भएको छ भने तपाइले आफु संग के के लिएर आउँन पाउनु हुन्छ र के लिएर आउदा तपाइले भन्सार तिर्नुपर्ने हुन्छ ? त्यस बारेमा जानकारी राख्दा तपाइका लागि सजिलो हुनेछ। नेपाल सरकारले विभिन्न सामानलाइ फरक फरक भन्सार तोकेको छ भने कतिपय समान हरु तपाइले बिना भन्सार पनि ल्याउन सक्नुहुन्छ।

सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले तपाइलाइ भन्सार तिरेर र भन्सार छुटमा के के समान ल्याउने सुबिधा दिएको छ, त्यस बारेमा जानकारी पाउनु हुनेछ।

भन्सार छूटमा ल्याउन पाइने सामान

यात्रुले लुगाफाटा, वरविच्छ्यौना, घर गृहस्थीका सामान र पुराना सामानलाई कर नतिरी नेपाल ल्याउन पाउँछन् । औषधी उपचार गराई फर्केका बिरामीले ल्याएका औषधी समेत कर नतिरी ल्याउन पाइन्छ ।

शारीरिक रुपमा अशक्त यात्रुले सहाराका रुपमा प्रयोग गर्ने सामानमा पनि भन्सार लाग्दैन । यात्रुले आफ्नो साथमा ट्यावलेट वा कम्प्यूटर वा ल्यापटप, घडी, क्यामरा, सेलुलर मोवाइल फोन र पेन ड्राइभ एक-एक थान ल्याउन चाहेमा समेत भन्सार लाग्दैन ।

बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक/एकथान, पेशागत यात्रुले प्रयोग गरी ल्याएका सामान्य प्रकारका सामान (चिकित्सक, खेलाडी, संगीतकारलगायतले प्रयोग गर्ने सामान) एकएक थान बोकेर आउँदा समेत भन्सार नलाग्ने व्यवस्था मिलाइएको छ ।

टेलिभिजन र रक्सीको लागि यस्तो नियम

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई कम्तिमा लगातार १२ महिना विदेशमा काम गरी फर्केका नेपालीले ३२ इन्चसम्मको एउटा टेभि निःशुल्क ल्याउन पाउने छन् । त्यो भन्दा माथिको टेलिभिजन सेट ल्याएमा भने दरवन्दीअनुसार नै भन्सार तिर्नुपर्ने कार्यालयले स्पष्ट पारेको छ ।

हरेक यात्रुले आफ्नो साथमा एक लिटरसम्मको मदिराको बोतल ल्याउन सक्ने प्रावधानलाई निरन्तरता दिइएको छ । ७ किलोसम्मको खाद्य परिकारमा पनि भन्सार लाग्दैन ।

सुन कति सम्म ल्याउन पाइन्छ ?

तपाईले साथमा १ सय ग्रामसम्म सुन ल्याउन पाउनुहुन्छ । जसमध्ये पहिलो ५० ग्रामसम्मको सुनलाई प्रति १० ग्राम ९ हजार ५ सय रुपैयाँ र पछिल्लो ५० ग्राम सुनको भने प्रति १० ग्राम १० हजार ५ सय भन्सार शुल्क तिरेर ल्याउनु पाउनु हुन्छ।

सुनको गहनाको हकमा भने विदेशबाट फर्कदा ५० ग्रामसम्म भन्सार नतिरी ल्याउन पाइनेछ । तर, त्यो भन्दा बढी अधिकतम २ सय ५० ग्रामसम्मको गहना भन्सार तिरेर ल्याउन सक्नुहुन्छ।

यात्रुले ल्याएको ५० ग्रामसम्मको गहनालाई विमानस्थल भन्सारले सजिलै पास गर्ने भने ५० ग्रामदेखि माथि १ सय ग्रामसम्मको गहनालाई प्रति १० ग्राम १० हजार ५ सय रुपैयाँ भन्सार लाग्नेछ । त्यस्तै १ सय ग्रामभन्दा माथि थप एक सय ग्रामको सुनको गहनालाई भने प्रति १० ग्राम १२ हजार रुपैयाँ भन्सार महसुल तिरेर साथमा ल्याउन सकिनेछ । तोकिएको परिणामभन्दा बढी ल्याएको सुन भने भन्सारले जफत गर्ने भन्सार विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ ।

यस्ता छन् भन्सार तिरेर ल्याउन पाइने सामानहरु

यात्रुले भन्सार महसुल तिरेर आफ्नो साथमा थप सामान म्यूजिक सिस्टम, रेफ्रिरेटर, वासिङ मेसिन, पंख्या, रेडियो, सिठि प्लेयर र डिभिसी प्लेयर एक/एक थान साथमा ल्याउन पाइने भएको छ ।

लुगाफाटो, जुत्ता, कस्मेटिक सामान बढीमा १५ थानसम्म, घरायसी प्रयोगका सामान (मिक्स्चर, जुसर, सिलाई मेसिन, ग्याँसटेबुल, इस्त्री, राइसकुकुर लगायत)सामान दुई/दुई थानसमेत भन्सार तिरेर नेपाल ल्याउन पाइने भएको छ ।

१० किलोसम्मको खाद्य परिकार, व्यवसायिक पेशामा लागेका व्यक्तिका प्रयोगका सामान दुई/दुई थानमा समेत भन्सार तिरेर ल्याउन सकिने भएको छ । अन्य घरासयी प्रयोगका सामान बढीमा दुई/दुई थान सामान समेत कार्यालयले भन्सार लिएर पास गर्ने भएको छ ।

बिस्तृत जानकारीका लागि नेपाल भन्सार बिभागको वेबसाइटमा हेर्नुस होला

https://www.customs.gov.np/ne

Leave a Reply

Your email address will not be published. Required fields are marked *