एजेन्सी – ब्राजिलले कोपा अमेरिका २०२१ आयोजना गर्ने भएको छ । यसअघि अर्जेन्टिनामा हुने भनिएको दक्षिण अमेरिकाको प्रतिष्ठित प्रतियोगिता दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) अब ब्राजिलमा हुने तय भएको हो ।

दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबल) ले ब्राजिलमा कोपा अमेरिका ब्राजिलमा गराउने निर्णय गरेको हो । राजनैतिक अस्थिरताका कारण कन्मेबलले एक साताअघि कोलोम्बियाबाट आयोजकको नाम फिर्ता लिँदै कोपा अमेरिका अर्जेन्टिनामा मात्रै गर्ने निर्णय गरेको थियो । तर कोरोना महामारी बढेपछि कन्मेबलले सोमबार अर्जेन्टिनामा आयोजना नगर्ने निर्णय गरेको थियो ।

कन्मेबलको विज्ञप्तिमा कोपा अमेरिका २०२१ ब्राजिलमा हुने छ । कोपा अमेरिका निर्धारित समयमा यसअघि निर्धारित समयमा नै हुनेछ । यस पटकको कोपा अमेरिका १३ जुनदेखि १० जुलाईसम्म हुनेछ । विज्ञप्तिमा प्रतियोगिताको खेल तालिका र मैदान केही समयमा नै पक्का गर्ने बताएको छ । कोपा अमेरिका राष्ट्रिय टोलीबीचको सबैभन्दा ठुलो प्रतियोगिता हो ।

गतवर्ष नै हुनुपर्ने कोपा अमेरिका कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको थियो । अर्जेन्टिना र कोलम्वियाले कोपा अमेरिका आयोजना गर्ने तयारी गरिरहेको थियो । ब्राजिलले ४७औं पटक कोपा अमेरिका आयोजना गर्दैछ ।

ब्राजिल दुई वर्ष अघिको च्याम्पियन टोली हो । ब्राजिलले पेरुलाई ३–१ ले हराँउदै दुई वर्षअघि घरमै भएको प्रतियोगिताको उपाधि जितेको थियो । प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया,उरुग्वे, चिली र पाराग्वे थिए । समूह बी’ मा कोलोम्बिया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् ।