पोखरा २६ विजयपुरमा केन्द्रीय कार्यालय रहेको ग्लोवल आइएमई वैक लिमिटेडको राष्ट्रिय स्तरको सहायक कम्पनी ,ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लि.ले गण्डकी प्रदेश, कास्की जिल्ला अन्र्तगत पोखरा महानगरपालिका २९ शिशुवामा रहेको सरुवा तथा संक्रमित रोग अस्पताललाई सहयोग स्वरुप रु १ लाख वरावरको चेक रकम आर्थिक सहयोग गरेको छ ।

वित्तीय संस्थाले उक्त सहयोग रकम पोखरा महानगरपालिकाका नगर प्रमुख श्री मान वहादुर जि.सी. को रोहवरमा अस्पातालका कार्यकारी निर्देशक डा. विकास गौचनलाई उक्त रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा नगर प्रमुखले यस विषम परिस्थिति मा वित्तीय संस्थाले समय सापेक्ष उपयुक्त ठाउमा सहयोग गरेको वताएका थिए भने यस किसिमको सहयोगले आफुलाई पनि स्वास्थ्य क्षेत्रमा थप काम गर्ने प्रोत्साहन मिलेको वताएका थिए ।


अस्पतालका कार्यकारी निर्देशक श्री विकास गौचनले ५० जनाको शैया क्षमता भएको उक्त अस्पतालमा हाल ५१ जना कोभिडको विरामी रहेको वताएका थिए । गौचनले यस विषम परिस्थितिमा वित्तीय संस्थाको सहयोगलाई अस्पताल संचालनमा थप सहयोग पुगेको वताउदै संस्थालाई धन्यवाद दिएका थिए भने विगतका दिनहरुमा पनि संस्था द्धारा सहयोग भईरहेको वताएका थिए ।


कार्यक्रममा वोल्दै ,ग्लोवल आइएमई वित्तीय संस्थाका कार्यकारी प्रमुख हरिकृष्ण जोशी ले सामाजिक उत्तर दायित्व अन्तरगत संस्थाले देश व्यापी रुपमा विभिन्न शाखाहरु मार्फत संस्थामा आवद्ध सदस्य, आम सर्वसारण, सुरक्षा निकाय, आश्रम , लगायतमा स्वास्थ्य सामाग्रीहरु, खाधान्न ,जिन्सी तथा आर्थिक सहयोग गर्दै आइरहेको र हाल सम्म करिव १३ लाख पचहत्तर हजारको आर्थिक सहयोग गरिसकेको जानकारी गराएका थिए ।


जोशीले वित्तीय संस्थाले यस कोभिडको विषम परिस्थितिमा संस्थाको तर्फवाट संस्थामा आवद्ध कोभिड संक्रमित सदस्य परिवारलाई आर्थिक सहयोग गर्नुका साथै सस्थामा आवद्ध सदस्य ,सदस्यको परिवार , आम सर्वसाधरण व्यक्तिहरुको कोभिड फर्म भरि खोप लगाउन लागि परिरहेको र हाल सम्म करिव ५००० जना को अनलाईन फारम भरि सकेको जानकारी गराएका थिए ।