ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्था लि.ले कोरोना संक्रमित आफना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाले विभिन्न शाखाहरुमा आबद्घ कोरोना संक्रमित सदस्यहरु लाई रु.३,२५,०००/– रुपैया बराबरको नगद सहयोग वितरण गर्नुका साथै लमजुङ्ग स्थीत सर्वोदय सेवा आश्रममा रु.२५,०००/–बराबरको खाद्यान्न तथा आवश्यक भाँडा कुँडा वितरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री हरिकृष्ण जोशीले गर्नुभएको थियो ।

संस्थामा हाल १,२४,९४७ जना सदस्य रहेका छन भने संस्थाको ऋण लगानी ६ अर्ब २० करोड तथा सदस्यहरुको बचत २ अर्ब ५ करोड रहेको छ । वित्तीय संस्थाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी यहि बैशाख ८ गते बाट एकीकृत कारोबार शुरु गरेको हो । हाल संस्थाले सातै वटै प्रदेशमा १०२ वटा शाखा मार्फत सेवा दिँदै आएको छ ।

सहयोग वितरण कार्यक्रममा बोल्दै वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले, वित्तीय संस्थाले विगतमा पनि सामाजिक उत्तरदायित्व अन्र्तगत यस किसिमका सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिईने बताउनुभयो ।